
मेलबर्न, अस्ट्रेलिया (एजेन्सी)। आइरिन अस्ट्रेलिया ट्रिप २०२५ को दोस्रो दिन आइरिन प्रतिनिधिमण्डलले स्टडि मेलबर्न हव भ्रमण गर्दै दुई देशबीच शैक्षिक अवसर र साझेदारी बढाउने विषयमा महत्वपूर्ण छलफल गरेको छ। यस भेटघाटमा प्रतिनिधिहरूले नेपाल र अस्ट्रेलिया बीचको शिक्षा सम्बन्ध सुदृढ पार्ने रणनीति र परियोजनाहरूमा जोड दिएका छन्।
प्रतिनिधिमण्डलले स्टडि मेलबर्न हव का वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्दै नेपालमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि थप अवसर सिर्जना गर्ने र दुवै देशका शैक्षिक संस्थाहरूबीच सहयोगी कार्यक्रमहरू विकास गर्ने विषयमा छलफल गरेको छ।
बेटघाटमा नेपाल–अस्ट्रेलिया शैक्षिक साझेदारी, विद्यार्थी आदान–प्रदान, अनलाइन तथा इन–पर्सन कोर्स अवसर, र व्यावसायिक तालिम कार्यक्रमहरूमा सहकार्य बढाउने उपायहरूमा चर्चा भएको थियो। प्रतिनिधिहरूले दुई देशबीच दीर्घकालीन साझेदारी र अनुभव साझा गर्ने सम्भावनालाई प्राथमिकता दिएका छन्।
आइरिन का प्रतिनिधिहरूले स्टडि मेलबर्न हव को अनुभव र रणनीतिहरूलाई नेपालको शैक्षिक प्रणालीमा अनुकूल गर्ने र नेपाली विद्यार्थीका लागि गुणस्तरीय शिक्षा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। साथै, भविष्यमा प्राविधिक तालिम, शिक्षण प्रविधि आदान–प्रदान र नवप्रवर्तनात्मक कार्यक्रमहरू सुरु गर्ने योजनाहरूको समीक्षा गरिएको छ।
यस भेटघाटले दुवै देशबीच शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउने आशा गरिएको छ। आइरिन र स्टडि मेलबर्न हव बीचको सहकार्यले विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, नवप्रवर्तन र अनुभव साझा गर्ने वातावरण सिर्जना गर्नेछ। प्रतिनिधिहरूले आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरी दीर्घकालीन साझेदारी सुनिश्चित गर्ने योजना अघि सारेको जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे