
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ ।शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भयो। त्यसपछि नेपाल र हङकङ दुबैको ५–५ अंक भए पनि नेपालले बढी जित निकालेको आधारमा सुपर थ्रीमा स्थान बनाएको हो। नेपालले ४ खेलमध्ये २ मा जित, १ मा हार र १ खेल रद्द गर्दा ५ अंक जोड्यो। हङकङले भने १ जित र ३ खेल रद्द गर्यो।
९ टोली सहभागी प्रतियोगितामा समूह चरणबाट शीर्ष ३ टोली सुपर थ्रीमा पुगेका हुन्। अब नेपालले बलिया टोली यूएई र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। सुपर थ्रीमा शीर्ष २ टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे