
काठमाडौं, २१ जेठ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसीलगायत १५ खेलाडी रहेका छन्।
लिग टुको चौथो चरण अन्तर्गत नेपाल दोस्रो जितको खोजीमा छ। सोमबार पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सले भने शृङ्खलाको पहिलो खेल खेल्दैछ। नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म भएका पाँच एकदिवसीय खेलमध्ये नेदरल्यान्ड्सले तीनमा जित निकाल्दा नेपालले दुईमा जित हात पारेको छ।
२० खेलमा २६ अंक जोडेको नेदरल्यान्ड्स लिगको दोस्रो स्थानमा छ भने १३ खेलमा ८ अंकसहित नेपाल सातौँ स्थानमा छ। लिगको अन्त्यमा शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे