
काठमाडौँ , ११ पुस | नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई कुनै हस्तक्षेप नहुने बताएका छन् । उनले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पदभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने , ‘मेरो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई मेरो सहयोग बाहेक कुनै पनि हस्तक्षेप हुँदैन’ । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनले बताए ।
जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने दाबी समेत गरे ।विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उनको भनाई थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे