
काठमाडौँ । हर्क साम्पा ले संसद्मा आफू लामो समय बोल्न चाहेको बताएका छन्। आजदेखि प्रतिनिधि सभा को बैठक सुरु हुँदैछ, जहाँ पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
संसद्मा बोल्ने समय दलका सांसद् संख्याका आधारमा बाँडिएको छ। त्यसअनुसार श्रम संस्कृति पार्टी लाई ७ मिनेट मात्र समय दिइएको छ। सो पार्टीका अध्यक्ष साम्पाङले नै संसद्मा सम्बोधन गर्नेछन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ७ मिनेट समय पर्याप्त नभएको बताएका छन्। उनले लेखेका छन् कि आफूलाई ७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ।
उनका अनुसार देशको स्वाधीनता, सम्प्रभुता, जनताको समस्या र विकासको विषयमा विस्तृत रूपमा कुरा गर्न समय चाहिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे