• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

६ घण्टा अघि
२

राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

७ घण्टा अघि
३

निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ

७ घण्टा अघि
४

बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

८ घण्टा अघि
५

युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु

९ घण्टा अघि
६

भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि

९ घण्टा अघि
७

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

१0 घण्टा अघि
८

चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

१ दिन अघि
९

दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी

१ दिन अघि
१०

संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो

१ दिन अघि
११

अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

१ दिन अघि
१२

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)

‘मानव–वन्यजन्तुको द्वन्द्व बढ्दै’

  • 2,787 Views
  • कञ्चनपुर ,२३ भाद्र। शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाएका छैनन् । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ ।

    वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताए । “हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पु¥याउँछ”, उनले भने, “वर्षात्का बेला हात्तीको बथानले खेतमा रोपेको धान सखाप पार्छ ।’’ पहिला वर्षभरि पुग्ने अन्नले अहिले दुई महिना पनि खान नपुग्ने गरेको उनको गुनासो छ ।

    जङ्गली जनावर भगाउन रातभरि खेतमै जाग्राम बस्ने गरेको सोही ठाउँका वीरसिंह धामीले बताए । “हात्तीको बथान साँझ नपर्दै खेतमा पुग्ने गर्दछ, पेटभरि खाएर मात्रै फर्कने गर्दछ” उनले भने, “भगाउँदा उल्टै आक्रमण गर्न आउने भएकाले कुन दिन ज्यान ज्याने हो ठेगान छैन, फलेको धान हात्तीले खाएर नोक्सान पु¥याउँदा टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प छैन ।” एक साताअघि स्थानीय एक बालिकाको हात्तीले ज्यानै लिएको थियो । ‘‘पहिला पटका पड्काउँदा, आगो देखाउँदा, टिन ठटाउँदा हात्ती भाग्थ्यो” धामीले भने, “अहिले त जुनसुकै उपाय गर्दा पनि हात्ती भरपेट खाएर नअघाएसम्म फर्किन मान्दैन ।”

    साँझ खेतमा छिरेको हात्तीको बथान धान बाली खाएर बिहानीपख मात्रै सामुदायिक वन क्षेत्रमा फर्कने गरेको छ । स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा डेढ दर्जन हात्तीको सङ्ख्या रहेको छ । हात्तीलगायतका अन्य जनावर भगाउन बस्ती नजिकका क्षेत्रमा स्वचालित सेन्सरयुक्त बत्ती जडान गर्न लागिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए । “केही सामुदायिक वनहरुले बत्ती जडानमा सहयोग गरिरहेका छन्” उनले भने, “केही वडाबाट बत्तीको व्यवस्था मिलाउन लागेका छौं, हात्ती बस्तीमा छिरेमा सर्वसाधारणलाई सचेत रहनका लागि खबरदारी गर्न पूर्व सूचना प्रणाली जडान समेत गरिएको छ ।”

    ठाउँठाउँमा सिसिटिभी जडान गरेर हात्तीको निगरानी गर्ने कार्य समेत हुँदै आएको छ । हात्ती भगाउन स्थानीय बासिन्दा खेतवारीमा खटिने भएकाले मानवीय क्षति हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन भैरहेको उनले जानकारी दिए । उनका अनुसार हात्तीको बथानले तीन साताको अवधिमै वडा नं ८ का २५ भन्दा बढी किसानको ३० विघा धान खेतीमा नोक्सानी पु¥याइसकेको छ । तीन विघा मकैमा पनि नोक्सानी गरेको छ । बाल विकास भवन, स्यालो टयुवेल, सामुदायिक वनको कार्यालयको भवनमा पनि हात्तीले क्षति पु¥याएको वडाध्यक्ष महराले बताए ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै नजिकका सामुदायिक वन आसपासका गाउँमा हात्तीको बथानले बढी क्षति पु¥याउँदै आएको छ । शुक्लाफाँटा नगरपालिका–७ र ८ का किसानको खेतबारीमा बढी नोक्सानी गरेको छ । हात्तीले कुल्चन बाँकी रहेको धानबाली सुँगुरको हुल आएर खाएर जाने गरेको छ । वर्षात् सकिएपछि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगतको नगरपालिकाको वडा नं १ देखि ६ सम्म वितण्डा निम्त्याउने गरेको छ ।

    धान काट्ने बेला यी वडाहरूमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको छ । त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ । गहुँबाली पाक्नै लागेका बेला पुनः दुधुवाबाट फर्केर नोक्सानी गर्दै आएको स्थानीय नरेन्द्रप्रसाद चौधरीले बताए । तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । जङ्गली सुगुँरको आक्रमणबाट दुई वर्षको अवधिमा आठ जना घाइते भएका छन् ।

    निकुञ्ज नजिकैको गाउँ सिमलफाँटा धनबहादुर चौधरीले भने हात्ती भन्दा बढी निलगाई र चितलको बथानले खेतमा रोपेको धान बाली र गहुँबाली खाएर नोक्सानी पु¥याउने गरेको बताए । “गहुँ टुसाउन नपाउँदै जङ्गली जनावरले सखाप पार्छन्” उनले भने, “खेतवारीभित्रै सुगुँरले घोल बनाई बस्ने गर्दछन्, खेतमा लगाएको आधा अन्न पनि घरभित्र भित्र्याउन पाइँदैन ।” खेती गर्दा लगानी गरेको रकम समेत नउठ्ने गरेको उनको भनाइ छ ।

    यसैगरी भारतीय वन क्षेत्र हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले दोधारा चाँदनी नगरपालिकाको वडुवाल टोलमा समेत किसानको बालीनालीमा नोक्सानी पु¥याउने गरेको स्थानीय किसानहरु बताउँछन् । केही महिनाअघि मात्रै शुक्लाफाँटा नगरपालिका –१ र २१ मा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका बाख्रा र घरमा पालेका कुकुर खाएर हैरानीमा पारेको थियो । निकुञ्ज क्षेत्रबाट नजिकका जानकी, लक्ष्मी, जनज्योति मध्यवर्ती सामुदायिक वनभित्र बस्ने गरेको चितुवाले नोक्सानी पु¥याउन थालेपछि स्थानीय बासिन्दाले चितुवालाई निकुञ्जमै भगाएका थिए ।

    वन क्षेत्र नजिकै घर भएकाले कुन बेला कस्तो किसिमको वन्यजन्तुले आक्रमण गर्ने हो भन्ने चिन्ताले स्थानीयवासी सधैँ त्रसित बन्ने गरेका छन् । गत वर्ष वन क्षेत्र नजिकै दाउरा खोज्न गएका बासिन्दालाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो । हात्ती र सुगुँरले घर बस्तीमै पुगेर नोक्सान पु¥याउने र मानवीय क्षति गर्ने भए पनि अन्य जनावरसँगको मानवको द्वन्द्व भने वन क्षेत्रमै हुने गरेको छ । घाँस, दाउरा गर्न गएका बेला चितुवा, गैंडा, बाघलगायतका जनावरले आक्रमण गर्ने गरेको छ ।

    जनसङख्या वृद्धिसँगै मानवीय आवश्यकता बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुको वासस्थान विनास, खानेकुराको अभाव र वन अतिक्रमण गर्ने क्रम बढ्दो रुपमा हुँदा वन्यजन्तु मानव बस्तीतर्फ जाने गरेको छ । वन्यजन्तु ओहरदोहर गर्ने जैविक मार्गमा मानव बस्ती बस्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व झन् बढ्न गएको वन संरक्षणको क्षेत्रमा क्रियाशील कालुराम डगौराले बताए । उनका अनुसार लालझाडी संरक्षण क्षेत्रभित्र पर्ने डोकेबजारको बसोवासले गर्दा भारतसँगको दुधुवा नेशल पार्कसँगको जैविक मार्ग टुटेको छ । ‘‘यस क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई उचित व्यवस्थापन गरी अन्यत्र अन्तर्राष्ट्रियस्तरको जैविक मार्ग कायम गर्न सकिए नेपाल–भारतका वन्यजन्तुहरु स्वतन्त्र रुपमा हिंडडुल गर्न सक्ने थिए’’, उनले भने ।

    जैविक मार्ग टुटेकै कारण हात्तीलगायतका जनावरले मानव बस्तीमा पुगेर बालीनाली सखाप पार्ने, घर भत्काउने र मानवीय क्षति गर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए । “हात्ती भगाउन र जनधनको क्षति न्यूनीकरणका लागि नवीनतम् प्रविधि के हुन सक्छ भन्ने बारे स्थानीय प्रशासनसँग छलफल भइरहेको छ’’, उनले भने । तत्कालका लागि हात्ती नियन्त्रण गर्न पट्का पडकाउने, पूर्व सूचना प्रणालीलाई सक्रिय पार्ने कार्य गरिएको उनले बताए ।

    डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले वन क्षेत्र घना हुँदा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको बताए । वन क्षेत्र संरक्षणमा टेवा पुगेपछि वन क्षेत्र नजिकका बस्तीका बासिन्दाले हात्ती र सुगुँरको समस्या झेल्नु परेको उनको भनाइ छ । “वासस्थानमा खलल पुगेपछि वन्यजन्तु बस्तीतर्फ सोझिन थालेका हुन्, निकुञ्ज नै अतिक्रमण गरेर बस्ती बसेको छ, विभिन्न बहानामा वन क्षेत्र मास्ने क्रम जारी छ, वन क्षेत्रमा बन्ने संरचना वन्यजन्तुमैत्री नहुँदा समेत समस्या छ” उनले भने । हात्तीबारे पूर्वसूचना दिनका लागि बेदकोट, शुक्लाफाँटा, लालझाडी र कृष्णपुरमा साइरन उपलब्ध गराइएको छ ।

    जङ्गली हात्तीलगायतका बन्यजन्तु नियन्त्रणका लागि दुई वर्षअघि सुदूरपश्चिम प्रदेशको लगानीमा बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रमा मेसवायर जडानको कार्य समेत गरिएको छ । केही सामुदायिक वनले समेत बस्ती नजिकका क्षेत्रमा मेसवायर जडान गरेका छन् । मेसवायर जडान भएपछि सुँगुर, चित्तल, निलगाईलगायतका जनावर खेतवारीमा आउने क्रम रोकिए पनि हात्तीको आउने क्रम भने रोकिएको छैन । “रुखका हाँगालाई हात्तीले मेसवायर जडान गरेको क्षेत्रमा तेर्सो गरेर राख्ने र खुट्टाले कुल्चेर ढलाउने गरेको छ” वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले भने, “मेसवायर ढलेपछि हात्ती बस्तीमा सहजै प्रवेश गर्दछ, केही वर्ष अघि मेसवारयर जडान भएपछि हात्ती बस्ती पसेको थिएन, अहिले हात्तीले नयाँ जुक्ति लगाएर मेसवायर ढलाएर बस्ती प्रवेश गर्न सिकेको छ ।”

    हात्ती लगायतका जङगली जनावरबाट बाली नाली जोगाउनका लागि वन क्षेत्र नजिकका बासिन्दाले वन्यजन्तुले मन नपराउने, नखाने बाली र जडीबुटीको खेती गर्नु पर्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थीले बताए । “वन्यजन्तु प्रभावित क्षेत्रमा माछापालन, मौरीपालन लगायतका बैकल्पिक खेती गर्न सकिन्छ” उनले भने, “यसबाट किसानले नोक्सानी व्यहोर्नु पर्दैन ।” जनावरका आनिबानी बारे जानकारी भए मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । कञ्चनपुरका ७० प्रतिशत बस्तीहरु वन क्षेत्रका वरिपरि नै रहेका छन् ।

    वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुले वस्तीमा प्रवेश गरी स्थानीय जनताको जीउ धनको क्षति पु¥याउने कार्य गरे सामान्य घाइतेको प्रकृति हेरी बढीमा रु १० हजार, सख्त घाइतेका लागि बढीमा रु एक लाख, मृत्यु भएमा आश्रितका परिवारलाई रु पाँच लाखसम्म राहत रकम दिने प्रावधान रहेको छ । पशुधन क्षति भएमा भैंसी वा जोत्ने गोरुको मृृत्यु भएमा रु ३० हजारसम्म र अन्य पशुको हकमा बढीमा रु १० हजारसम्म राहत दिने प्रावधान रहेको छ । कञ्चनपुरमा कुल वन क्षेत्र ७८ हजार ७९७ हेक्टरमध्ये ४० प्रतिश अर्थात ३० हजार ५०० हेक्टर क्षेत्र वन निकुञ्जले ओगटेको छ । डिभिजन वन कार्यालयअन्र्तगत ४७ हजार २६२ हेक्टर (६० प्रतिशत) वन क्षेत्र संरक्षण गर्ने जिम्मा छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य
    ६ घण्टा अघि

  • २

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै
    ७ घण्टा अघि

  • ३

    निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ
    ७ घण्टा अघि

  • ४

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!
    ८ घण्टा अघि

  • ५

    युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु
    ९ घण्टा अघि

  • ६

    भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि
    ९ घण्टा अघि

  • ७

    मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी
    १0 घण्टा अघि

  • ८

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए
    १ दिन अघि

  • ९

    दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी
    १ दिन अघि

  • १०

    संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ४

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ५

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

    नेपाल नक्सा
    ६

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution