
हब इन्टरनेशनल एजुकेशनले कतारमा जारी फिफा विश्वकप २०२२ लाई लक्षित गरी दुईवटा प्रिडिक्ट र विन योजना सार्वजनिक गरेको छ। जस अनुसार गोल्डेन बुटका लागि सबैभन्दा बढी गोल गर्ने सहि खेलाडी अनुमान गर्ने व्यक्तिलाई नगरकोटमा एक रातको प्याकेजको व्यबस्था गरिएको छ ।
यसका लागि हब इन्टरनेशनलको फेसबुक वा इन्स्टाग्राम पेजलाई लाइक र सेयर गर्नुपर्छ र पोस्ट सेयर गर्नुपर्ने छ। र त्यसपछि पोस्टको कमेन्ट सेक्सन मुनि #hattisarhub को साथ कमेन्ट गर्नुपर्छ र जवाफ दर्ता फारमसंग मेल खानुपर्ने छ। विजेताले नगरकोटमा एक रात बस्नको लागि प्याकेज जित्नेछ।
डिसेम्बर १८ मा साँझ ८:४५ मा फाइनल खेल अघि कमेन्ट गरिसक्नुपर्ने छ। त्यस्तै, संस्थाले “आओर शिफ्ट इन हात्तिसार: योर सफारी इन हाथी” योजना सुरु गरेको छ ।
यस योजना अन्तर्गत, विजेता टोलीको अनुमान गर्नेले चितवन प्याकेज जित्न सक्नेछन्। यसका लागि हब इन्टरनेशनलको फेसबुक वा इन्स्टाग्राम पेजलाई लाइक र सेयर गर्नुपर्छ र पोस्ट सेयर गर्नुपर्ने छ र त्यसपछि पोस्टको कमेन्ट सेक्सन मुनि #hattisarhub को साथ कमेन्ट गर्नुपर्छ र जवाफ दर्ता फारमसंग मेल खानुपर्ने छ।
विजेताले दुईतर्फी हवाई भाडा, तारे होटलमा दुई रात बस्न र रोमाञ्चक हात्ती सफारी सहित चितवन भ्रमणको प्याकेज जित्न सक्नेछन ।
डिसेम्बर १८ मा साँझ ८:४५ मा फाइनल खेल अघि कमेन्ट गरिसक्नुपर्ने छ। संस्थानका अनुसार, पुन: सम्पादन गरिएका कमेन्ट र अपूर्ण जवाफहरू दुवै योजनाको लागि अयोग्य हुनेछन्। थप जानकारीको लागि, हब इन्टरनेशनलको फेसबुक र इन्स्टाग्राम पृष्ठमा जना सकिने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे