
काठमाण्डौ।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ सुरु भएपछि देशभर उत्साह उत्कर्षमा पुगेको छ। नेपालको क्रिकेट इतिहासमा महत्त्वपूर्ण स्थान बनाउँदै गएको एनपीएल यस वर्ष क्रिकेट एसोसिएशन अफ नेपाल (CAN) को आयोजनामा आठ फ्रेन्चाइजसहित नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुँदैछ। प्रतिभाशाली खेलाडी, प्रशंसक र साझेदारी संस्थाहरूको सहभागिताले यस सिजनलाई झनै आकर्षक बनाएको छ।
यसैबीच, शिक्षा र खेलकुदलाई जोड्दै हब इन्टरनेशनल एजुकेशन पोखरा एभेन्जर्सको अफिसियल इन्टरनेशनल एजुकेशन पार्टनर बनेको घोषणा गरिएको छ। दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सम्झौता समारोहमार्फत यो साझेदारी औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
सम्झौतापछिको अवसरमा बोल्दै हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष डा. उद्भव बढौर खड्काले युवामुखी गतिविधिमा संस्थाको निरन्तर प्रतिबद्धता रहेको बताए। उनले २०२३ सेप्टेम्बरमा आयोजित एपेक्स आईसीसी कपमा संस्थाको सक्रिय सहभागिता स्मरण गर्दै भने, “हब इन्टरनेशनल एजुकेशनले सदैव युवाहरुलाई सशक्त बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय शिक्षा र खेलकुदजस्ता क्षेत्रमा सार्थक कदम चाल्दै आएको छ।”
यस्तै, हब इन्टरनेशनल एजुकेशनका ब्रान्ड तथा प्रमोशन म्यानेजर पारस पन्तले खेलकुदले नेतृत्व, अनुशासन र टिमवर्कजस्ता गुण विकास गराउने उल्लेख गर्दै भने, “विदेशमा पढ्न चाहने विद्यार्थीका लागि खेलकुदले सिकाउने मूल्यहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। पोखरा एभेन्जर्ससँगको हाम्रो साझेदारीले युवालाई प्रेरित गर्ने र नेपालको क्रिकेट विकासमा टेवा पुग्नेछ।”
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले यो सहकार्यलाई खेल क्षेत्र र विद्यार्थी चेतनाको उन्नतिका लागि महत्वपूर्ण माइलस्टोनका रूपमा व्याख्या गरे। उनका अनुसार, “एनपीएल सिजन–२ का लागि हब इन्टरनेशनल एजुकेशनसँगको साझेदारीले खेल क्षेत्रको समग्र विकास र विद्यार्थी चेतनाको जागरणमा ठूलो टेवा पुर्याउनेछ।”
एनपीएल सिजन २ को प्रगतिसँगै यो प्रतियोगिता खेलाडी, दर्शक र साझेदारहरूका लागि अझ प्रभावशाली प्लेटफर्म बन्दै गएको छ। हब इन्टरनेशनल एजुकेशनको सक्रिय भूमिका खेलकुदलाई शिक्षा, अवसर र राष्ट्रिय गौरवसँग जोड्ने व्यापक प्रयासको हिस्सा बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे