
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा विमानस्थलमा भएको विवादलाई जेनजी आन्दोलनको वास्तविक भावना विपरीत भएको बताएका छन्। बुधबार एक्समार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्दै महामन्त्री शर्माले यस घटनाले निर्वाचनको वातावरण बिग्रन नहुने बताएका छन्।
शर्माले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गर्दै लेखेका छन्, “सिमरा घटना दुःखद छ। भ्रमणको वातावरण बिग्रिए चुनाव कसरी हुनेछरु” उनले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी आन्दोलनले कसैको ‘समाज भ्रमण अधिकार’ नरोकेको तर यस घटनाको दुरुपयोग भएको पनि बताएका छन्। “निषेधको राजनीतिमा कसैले भाग लिनु हुँदैन,” शर्माले थपे।
यसअघि बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा सहभागी हुन हवाई मार्गमार्फत सिमरा विमानस्थल जाँदै थिए। त्यहाँ जेनजीको नाममा नाराबाजी भएको थियो, जसको प्रतिरोधमा एमाले कार्यकर्ताहरु उत्रिएर तनावको स्थिति सिर्जना भयो।
सुरक्षाको दृष्टिले बाराको सिमरा विमानस्थल आसपास कर्फ्यू आदेश जारी गरिएको छ। आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू लागू रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे