
काठमाडौं, साउन २८ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा सञ्चार, परराष्ट्र, उद्योग, स्वास्थ्य र ऊर्जा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिने छन्। साथै, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।
त्यस्तै, आज चारवटा संसदीय समितिको पनि बैठक छ। अर्थ समितिमा ‘वैकल्पिक विकास वित्त विधेयक’बारे छलफल हुनेछ। कानुन समितिमा कैलाली कारागार घटनाबारे गृहमन्त्रीसँग छलफल हुनेछ। कृषि समितिमा ‘भूमिसम्बन्धी ऐन संशोधन विधेयक’माथि छलफल हुनेछ। संघीयता समितिमा महालेखापरीक्षकको ६२औं प्रतिवेदनमा उठाइएका विषयमा छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे