
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने तय गरिएको छ। तर, ‘भिजिट भिसा’ प्रकरणको विरोधमा विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गरिरहेकाले बैठक सञ्चालनमा अन्योल देखिएको छ।
जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। दलहरूबीच समाधानको प्रयासस्वरूप पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।
आजको सम्भावित कार्यसूचीअनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसबारे छलफल पनि हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि कार्यसूचीमा समावेश गरिएको छ।
तर, निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको कामकाज प्रभावित भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे