
काठमाडौँ, जेठ १३ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् । पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए । प्रतिनिधि सभामा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच धकेलाधकेल भएको छ ।
अर्थमन्त्री पुन आफ्नो सिटबाट उठेर रोष्ट्रममा जान खोज्दा कांग्रेसका सांसद हरुलेसांसद पनि अर्थमन्त्री पुनलाई रोक्न खोजेका थिए । त्यसपछि सत्तापक्षका सांसदहरु पनि अर्थमन्त्री पुनका लागि बाटो खाली गराउन वेलमा गए ।अर्थमन्त्री पुनका लागि बाटो खुला गराउन खोज्दा कांग्रेसका सांसदहरु र सत्तापक्षका अन्य सांसदहरुबीच धकेलाधकेल भएको थियो । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्ट्रममा पुगे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे