
काठमाडौँ , १८ पुस | गृहमन्त्री रवि लामिछानेले शीत लहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन।गृहमन्त्री लामिछानेले जनतालाई गुनासोरहित हुनेगरी सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएका छन् ।
बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी भएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएको घनश्याम उपाध्यायले जानकारी दिए।
सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्नुका अलाबा राजश्व चुहावट नियन्त्रणका लागि पहल गर्न पनि सिडिओहरुलाई निर्देशन दिएका थिए । गृहमन्त्री लामिछानेले केहि दिन अघि राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे