
काठमाडौं, जेठ १४ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभामा आफ्नो पक्ष राख्न नसकेका गृहमन्त्री रमेश लेखकले आज साँझ ५ बजे संघीय संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्नेछन्।
गत बैठकमा गृहमन्त्रीले संसद्मा बोल्न समय माग्दा विपक्षी दलहरूले नाराबाजी गरेर अवरोध पुर्याएका थिए। यसकारण सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरे तापनि पुनः सञ्चालन हुन नसकेपछि मन्त्रीले यसैबीच आफ्नो पक्ष सार्वजनिक गर्ने निर्णय गरेका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा वितरणमा अनियमितताको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेका छन्। तर सत्तापक्षले यस्तो आवश्यकता नरहेको बताएको छ।
यस विवादको राजनीतिक तनाव बढ्दै गएको बेलामा गृहमन्त्रीको पत्रकार सम्मेलनले नयाँ मोड लिन सक्ने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे