
काठमाडौँ, १५ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।शुक्रबार नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन् ।
गृहमन्त्रिले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भएकोले सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन् ।गृहमन्त्रि लामिछानेले प्रहरी प्रधान कार्यालयमा रहेको इकाइहरुको निरिक्षण समेत गरका थिए ।प्रहरी प्रधान कार्यालयमा पुगेका मन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने समेत स्पष्ट पारेका छन् ।
गृह मन्त्रालयले बिहिबार विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो ।गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गर्दै संगठनको काम र स्वीकृतिविना भेट्नेलाई अनुशासनको कारबाही गर्न भनेको छ ।त्यसको भोलीपल्टै गृहमन्त्रि प्रहरी प्रधान कार्यालय पुगेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे