
काठमाडौं – कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूका लागि सहज र तिव्र घर ऋण सेवा उपलब्ध गराएको छ। बैंकले नयाँ योजना अन्तर्गत ३ दिनभित्रै कर्जा स्वीकृत गर्ने व्यवस्था मिलाएको छ।
बैंकका अनुसार, नयाँ कर्जाका लागि अधिकतम ३० वर्षको अवधि तोकिएको छ भने ग्राहकहरूले डेढ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। यस योजनामा प्रचलित बजार मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ, तर पहिलो घर खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा लिन सकिने सुविधा दिइएको छ।
कामना सेवा बैंकले आफ्ना ग्राहकहरूको आवासीय आवश्यकता पूरा गर्न तथा कर्जा प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउने उद्देश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ। बैंकका शाखाहरू वा आधिकारिक वेबसाइटमार्फत इच्छुक ग्राहकहरूले थप जानकारी लिन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे