
काठमाडौँ , ६ असोज | सन्तोष सेनको बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको छ ।
‘प्रेमगीत–३’को हिन्दी संस्करणलाई पनि नेपाली फिल्मको मान्यता दिएको छ । मन्त्रालयका प्रवक्ता एवं सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले नेपाली कलाकार, नेपाली निर्माता र नेपाली ब्यानरमा नै बनेकाले ‘प्रेमगीत–३’लाई स्वदेशी नै भन्नुपर्ने बताएका छन् ।
मन्त्रालयले विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आज सोधपुछका लागि मन्त्रालय बोलाएको थियो । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ ।भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।
फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री ,सुनिल थापा, शिव श्रेष्ठल गायतको मुख्य भूमिका रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे