
काठमाडौँ, –हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी जेठ २५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले शेयरधनीहरूलाई ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्ने तयारी गरेको छ।
कम्पनीको आधिकारिक सूचनाअनुसार सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका आर्थिक प्रतिवेदनहरूमा छलफल हुनेछ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ ११ गते तोकेको छ। सो दिनसम्म शेयरधनी सूचीकृत रहेका लगानीकर्ताहरूले साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे