
काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सुरक्षा प्रदान गर्ने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार, यस योजनाले वैदेशिक रोजगारमा जाने व्यक्ति तथा उनीहरूका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नेछ।
बीमा योजनालाई अझ सरल र पहुँचयोग्य बनाउन कम्पनीले eSewa अनलाइन माध्यम मार्फत आवेदन दिने सुविधा उपलब्ध गराएको छ। यस प्रविधि प्रयोग गरी इच्छुक व्यक्तिहरूले आफ्नै घरबाट सहज रूपमा बीमा सेवा लिन सक्नेछन्।
कम्पनीले यस योजनाबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूले आफ्नो तथा परिवारको भविष्य सुरक्षित गर्न सक्ने विश्वास व्यक्त गरेको छ। बीमा सम्बन्धी थप जानकारीका लागि हिमालयन लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइट www.himalayanlife.com.np वा सम्पर्क नम्बर +977-1-5970057 मा सम्पर्क गर्न सकिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे