
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ८% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ रहेको छ।
लाभांश र सभाको मिति:
बुक क्लोज: लाभांश र साधारण सभाको उद्देश्यले कम्पनीले जेठ २८ (भोलि) एक दिनका लागि बुक क्लोज गर्नेछ। यसअनुसार, आज (जेठ २७) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन्।
साधारण सभा: असार १० गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केटमा बिहान १०:३० बजेदेखि सभा आयोजना गरिनेछ।
सभाको एजेन्डा:
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने।
गत वर्षको खर्च अनुमोदन गर्ने।
कम्पनीले सेयरधनीहरुलाई लाभांश र सभासम्बन्धी सूचना उपलब्ध गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे