
काठमाडौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक रहेका शाखा सञ्जाललाई समायोजन गर्दै नयाँ बानेश्वर शाखालाई कोटेश्वर स्थानान्तरण गरेको छ। स्थानान्तरणपछि बैंकले आजदेखि काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित कोटेश्वर शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालन गरेको जनाएको छ।
बैंकका अनुसार कोटेश्वर शाखाको औपचारिक शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ अधिकारीहरू र अतिथिहरूको उपस्थितिमा गरेका छन्।
हिमालयन बैंकले हालसम्म १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८,००० भन्दा बढी POS टर्मिनल, र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले शाखा सञ्जाललाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यले नयाँ स्थानान्तरणको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे