
काठमाडौं। हिमालयन बैंक लिमिटेडको तेतीसौँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पुस ३० गते सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले बैंक तथा यसको सहायक कम्पनीहरू समेतको एकीकृत वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमा बैंकको समग्र वित्तीय अवस्था, व्यवसायिक प्रगति, जोखिम व्यवस्थापन तथा आगामी रणनीतिबारे जानकारी दिइएको थियो।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षकलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। साथै नियामक निकायको निर्देशन अनुसार बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे