
काठमाडौं : सेप हायर एजुकेशन कन्क्लेभ २०२२ डिसेम्बर १८ मा काठमाडौंमा हुने भएको छ ।
राजधानीको हिमालय होटलमा हुन लागेको एकदिवसीय सम्मेलन उच्च शिक्षा भर्नाको क्षेत्रमा भएका पछिल्लो गतिविधि, समसामयिक अभ्यास र नवप्रवर्तनात्मक विचार आदान प्रदान गर्न आयोजना गरिएको हो ।
उक्त कार्यक्रम भारतको राष्ट्रिय मूल्याङ्कन तथा मान्यता परिषद् (एनएएसी) र टाइम हायर एजुकेशनसँगको सहकार्यमा हुन लागेको हो ।
सेपका प्रबन्ध निर्देशक सञ्जय थापाका अनुसार सम्मेलनले सरोकारवालाहरुबीचको सहकार्य र नयाँ साझेदारी विकास गर्न सो एक दिने कार्यक्रमले सहयोग गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे