
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधन क्षतिबारे अनुसन्धानका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले सुरक्षाकर्मीहरूको तहगत बयानको तयारी सुरु गरेको छ। आयोगले तीन साताअघि माग गरेको घटनादिवसमा फिल्डमा खटिएका प्रहरी अधिकारीहरूको विवरण आंशिक रूपमा प्राप्त भएपछि जिम्मेवार व्यक्तिहरूको पहिचान र बयान प्रक्रिया अघि बढाएको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार उपत्यका र संघीय संसद् सुरक्षार्थ खटिएका अधिकारीहरूको विवरण आइसकेको छ भने बाँकी जिल्लाबाट विवरण आउँदैछ।
आयोगले भदौ २४ गतेको घटनामा केन्द्रित भएर नक्खु कारागार प्रमुख सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेसँग पनि बयान लिइसकेको छ। यसबाहेक आयोगले देशभरका कार्यालयहरूबाट क्षतिको विवरण संकलन, उजुरी दर्ता र अनुगमन कार्य निरन्तर रूपमा जारी राखेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे