
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकका गुनासोलाई सम्बोधन गरी स्वास्थ्य सेवा सुधार गर्न ‘हेल्लो स्वास्थ्य’ अभियान सुरू गरेको छ। यस अभियान अन्तर्गत मन्त्रालय र मातहतका स्वास्थ्य संस्थासँग सम्बन्धित सेवा तथा समस्याका गुनासा संकलन गरी समाधानको पहल गरिनेछ।
गुनासो र जानकारी आदान–प्रदानका लागि मन्त्रालयले १११५ नम्बरको नि:शुल्क कल सेन्टर सञ्चालनमा ल्याएको छ। यो सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म उपलब्ध हुनेछ।
त्यसैगरी, गुनासो वा सुझाव WhatsApp र Viber (९८५१३३०५९२), मन्त्रालयको फेसबुक पेज र एक्स (ट्विटर) ह्यान्डल @mohpnep, तथा इमेल [email protected] मार्फत पनि पठाउन सकिनेछ। साथै, नागरिकले मन्त्रालयमा सिधै आएर वा हुलाकमार्फत गुनासो पठाउन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले यस पहलमार्फत स्वास्थ्य सेवा थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ। गुनासो सम्बोधनका लागि नागरिकबाट रचनात्मक सुझाव र सहयोग अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे