
काठमाडौँ , २५ वैशाख । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। दुर्घटना बिहान करिब ८स्३० बजे उत्तरकाशीको दुर्गम हिमाली क्षेत्र नजिकै भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त जानकारी अनुसार, सो हेलिकप्टरले चारधाम यात्रा अन्तर्गत यात्रुहरूलाई केदारनाथ क्षेत्रतर्फ लैजाँदै थियो। मौसम प्रतिकूल र दृश्यता न्यून भएकाले हेलिकप्टर पहाडी भेगमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा उद्धार टोली परिचालित गरिएको छ भने स्थानीय प्रशासन, सेना तथा विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालनमा छन्। देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावतमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । धेरै क्षेत्रमा मेघगर्जनका साथै तीव्र हावाहुरी पनि चल्न सक्छ ।
मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको बताइएको छ। दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको अधिकारीहरूले जनाएका छन्। भारत सरकार र उत्तराखण्ड राज्य सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे