
काठमाडौं ।हिमालयन एभरेस्ट इन्स्योरेन्स (एचइआई)ले अन्तर्राष्ट्रिय स्तरमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ। सिंगापुरमा सम्पन्न एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित कार्यक्रममा कम्पनीलाई ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर २०२५’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेसन अफ द इयर २०२५’ अवार्डले सम्मानित गरिएको हो।
कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र निर्देशक विजयकुमार पन्तले कार्यक्रममा सहभागिता जनाउँदै अवार्ड ग्रहण गरेका थिए। अन्तर्राष्ट्रिय स्तरमा नेपाली बीमा उद्योगको छवि उजागर हुनु गर्वको विषय भएको कम्पनीले जनाएको छ।
यसअघि पनि एचइआईले विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ। कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एसिया अवार्ड तथा सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर’ र ‘स्ट्राटेजिक पार्टनरसिप अफ द इयर’ अवार्ड जितेको थियो।
यस वर्ष प्राप्त दुबै विधाका अवार्डले कम्पनीको व्यावसायिक नेतृत्व क्षमता, नवप्रवर्तनशील सोच, र उत्कृष्ट सेवाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीका अध्यक्ष श्रेष्ठले बताएका छन्। उनले अवार्ड प्राप्तिमा सम्पूर्ण टिमको कठिन परिश्रम, निरन्तरता र समर्पणको महत्वपूर्ण योगदान रहेको बताए।
यस उपलब्धिले नेपाली बीमा क्षेत्रको अन्तर्राष्ट्रिय छवि विस्तार गर्नुका साथै नवप्रवर्तन र उत्कृष्टता कायम राख्ने प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे