
एजेन्सी । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सबैभन्दा बढी क्षति बेइजिङको उत्तरतर्फका पहाडी क्षेत्रहरू म्युन र याङ्किङ जिल्लामा भएको छ, जहाँ क्रमशः २८ र २ जनाको मृत्यु भएको छ।
भारी वर्षा शनिबारदेखि सुरु भएको थियो, जसले सोमबारसम्म राजधानी र आसपासका क्षेत्रहरूमा ठूलो असर पुर्याएको हो। बेइजिङको केही स्थानमा ५४३ मिलिमिटर (२१.३ इन्च) वर्षा मापन गरिएको छ।
बाढीबाट जोगाउन सरकारले ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। दर्जनौं सडक भत्किएका छन् र १३६ गाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। मंगलबार बिहान अझ भारी वर्षा हुने अनुमान गरिएको छ, जहाँ केही क्षेत्रमा ११.८ इन्चसम्म पानी पर्न सक्ने चेतावनी दिइएको छ।
मियुन जिल्लामा रहेको एक जलाशयमा पानी अत्यधिक भरिएको हुँदा त्यसबाट पानी छोड्न सुरु गरिएको छ। स्थानीय बासिन्दालाई नदी आसपास नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे