
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि मध्यम स्तरको वर्षा हुने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको छ, जसका कारण देशभर बदली रहने पूर्वानुमान गरिएको हो।
विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने मधेस र लुम्बिनी प्रदेशमा कतैकतै हुरी चल्ने पूर्वानुमान गरिएको छ।
आज राति कोसी र मधेस प्रदेशसहितका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भागहरूमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकाध स्थानमा भारी वर्षाको सम्भावना पनि रहेकोले पहिरो, डेब्रिज फ्लो (गेग्रान बहाव)को जोखिम उच्च रहेको महाशाखाको भनाइ छ।
महाशाखाले विशेष गरी सतर्कता अपनाउन आग्रह गर्दै भनिएको छ कि अत्यधिक वर्षाका कारण साना तथा ठूला नदी–नालामा पानीको बहाव एक्कासि बढ्न सक्छ, जसले यातायात, बाढी, तथा जनधनको क्षतिसमेत निम्त्याउन सक्छ।
सार्वजनिक जानकारीका लागि: यात्रा गर्दा सतर्कता अपनाउन, स्थानीय निकायले पूर्वतयारी गर्न र जोखिम भएका स्थानमा सतर्कता बढाउन महाशाखाले अनुरोध गरेको छ।
Source: जल तथा मौसम पूर्वानुमान महाशाखा, नेपाल सरकार
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे