
काठमाडौँ, जेठ २५ । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि मङ्गलबार न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो । गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको र वैशाख २४ गते आयोगले आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।
अध्यक्ष यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । यादवले निर्वाचन आयोग र अशोक राई नेतृत्वमा बनेको नयाँ दललाई विपक्षी बनाएर रिट दर्ता गराएका छन् । यादवद्वारा दायर रिटमा राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीको आधिकारिकता बदर गर्न र आयोगको निर्णयलाई खारेज गर्न माग गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे