• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ६, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको हूँ: रवि लामिछाने

१२ घण्टा अघि
२

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

१ दिन अघि
३

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

१ दिन अघि
४

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

१ दिन अघि
५

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

१ दिन अघि
६

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

१ दिन अघि
७

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

१ दिन अघि
८

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

२ दिन अघि
९

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

२ दिन अघि
१०

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

२ दिन अघि
११

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

२ दिन अघि
१२

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० आश्विन २०, शनिबार (२ साल अघि)

स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष हो : सांसद न्यौपाने

  • 1,065 Views
  • काठमाडौँ ।  विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहेकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य छन् । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना र गरिने प्रश्न लोकतन्त्रको सुन्दर पक्ष लाग्छ । संसद् अवरोध गरेर विरोध जनाउने शैली भने उनलाई कहिल्यै चित्त बुझेन । यो खराब परम्परा तोडिनुपर्ने उनको मत छ ।

    “संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चल्ने आरोप–प्रत्यारोपलाई लोकतन्त्रको सुन्दर पक्ष मान्नुपर्छ । गल्ती भएको ठाउँमा सच्याउन लगाउने वा त्यो भएन भन्न पाइन्छ”, उनले भनिन्, “कुनै सांसदले आवाज उठाउनु भनेको सरकार सच्चिने अवसर पनि हो । यसकारण पनि संसदमा आवाज उठाउन जरुरी छ ।”

    नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदमा कुरा उठाउँदा संसद् बाहिर पनि दबाब खेप्नुपरेको अनुभव उनले सुनाइन् । “नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई पूर्वगृहमन्त्रीका सन्दर्भमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुनेबारे संसदमा बोलेको विषयमा अर्को एकजना सांसदले मलाई किन यसो बोलेको भनेर संसदले बाहिर भन्नुभयो”, उनले भनिन् , “जायज प्रश्न गर्न पाउनुपर्छ । गलत गरेको विषयमा बोल्नका लागि नै संसद् हो ।”

    कुनै प्रश्न गर्दा र आफ्ना कुरा राख्दा संसदीय मर्यादालाई भने ख्याल गर्नुपर्ने न्यौपानेको बुझाइ छ । कसैको मानमर्दन गर्ने वा आक्षेप लगाउने नभई जायज प्रश्न गर्नका लागि संसदमा कुनै रोकतोकको गुञ्जायस देखिन नहुने उनले बताइन् । संसदीय सर्वोच्चताको प्रतिकूल हुने खालका कार्यशैलीले विद्यमान व्यवस्थालाई कमजोर बनाउने उनको धारणा छ ।

    “संसदीय मर्यादाभित्र बसेर आफ्ना कुरा राख्ने एउटा पक्ष हो । तर राम्रो प्रश्न उठाउँदा पनि त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भनेर विरोध भएका उदाहरण छन्”, उनी भन्छन्, “यो वा त्यो बहानामा संसद् बन्धक बनाउने र अहिलेको व्यवस्थामाथि ‘कु’ गर्ने षड्यन्त्रबारे हामी सबै सचेत हुनुपर्छ ।”

    के एक जिम्मेवार सांसदका रुपमा आफूले गरेका काम र संसद्को प्रभावकारिताप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ त ? भन्ने प्रश्नमा सांसद न्यौपानेले भनिन्, “सन्तुष्ट छैन ।” उनका शब्दमा गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनपछि चुनिएर संसद् छिरेको करिब एक वर्ष हुन लाग्यो । यसबीचमा निर्माण भएका कानुनको सङ्ख्या हेर्दा मात्रै पनि संसद्को प्रभावकारितामाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छ । संसद्ले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको वर्तमान स्थितिको भागीदार हर एक सांसद रहेको न्यौपाने स्वीकार्नुहुन्छ ।

    “एउटा सांसदको हिसाबले यसमा म आफूलाई पनि जिम्मेवार ठान्दछु । एउटा औँला अरुतर्फ देखाउँदै गर्दा बाँकी औँला आफैँतिर फर्केका हुन्छन् भन्ने बुझ्नु जरुरी छ”, उनी भन्छन्, “जे जिम्मेवारी बोकेर आएका छौँ, त्यो पूरा गर्नु पहिलो दायित्व हो । संसद् अवरुद्ध हुनुहुँदैन भनेर हामीले पटक–पटक कुरा उठाएका छौँ ।”

    संसद् जनताका कुरा राख्ने ठाउँ हो । चित्त बुझेका र नबुझेका सबै कुरा संसदमै आउनुपर्छ । राजनीतिक दलहरुले प्रतिपक्षमा रहँदा सधैँ विरोध र सत्तापक्षमा रहँदा सधैँ प्रतिरक्षाको शैली देखाउन नहुने सांसद न्यौपानेले बताइन् ।

    “राम्रो काम भएको छ भने त त्यसलाई समर्थन गर्नुपर्छ । सत्ता पक्षले गरेका कामलाई प्रतिपक्षले विरोध गर्नैपर्छ भन्ने मानसिकता गलत हो । विरोध गर्न पाउनुपर्छ, तर संसद् नै बन्द गरेर विरोध गर्नु राम्रो होइन”, उनी भन्छन्, “नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा सरकारले ल्याएको नीति तथा कार्यक्रममा मौन समर्थन गरेको उदाहरण पनि छन् ।”

    विधायकको मुख्य भूमिका कानुन निर्माण हो । नेपालमा लामो समयको संसदीय अभ्यास बितिसक्दा पनि विधायक कानुन निर्माणमा कर्मकाण्डी हुने र विकास निर्माणका काम गर्दा ठेकेदार शैलीमा योजना बोकेर बस्ने प्रवृत्ति रहेको भन्दै आलोचना हुने गरेको छ । विधायिकी भूमिका निभाउनेभन्दा पनि सांसदले योजना बोकेर हिँड्नुपर्ने अवस्थालाई पुरानै प्रवृत्तिको निरन्तरता र तोकिएको संरचनाको असफलताको उपजका रुपमा न्यौपाने लिन्छन् ।

    “जनताका अपेक्षा पूरा गर्नका लागि प्रणाली छ । तर त्यो प्रणालीअनुसार काम गर्न नसकेकाले सांसद प्रत्यक्ष रुपमा त्यसमा सहभागी हुनुपरेको हो”, उनी भन्छन्, “स–साना काम पनि सांसदले गरिदिउन् भन्ने अपेक्षा जनताले राख्छन् । धेरै अधिकार स्थानीय तहमै गएको भए पनि सांसदसँगै अपेक्षा हुन्छ । अर्को भनेको निर्वाचनका बेला पनि धेरै आशा देखाइएको हुन्छ । नागरिकका सबै अपेक्षा पूरा हुन नसके पनि केही अपेक्षा त पूरा गर्नैपर्यो ।”

    बाटो, धारा, नहरजस्ता ससाना विकास पूर्वाधार पनि सांसदले बनाइदिउन् भन्ने बुझाइ नागरिक तहको रहेको उनले बताइन् । सङ्घीयता कार्यान्वयनपछि सानो रकमका आयोजना स्थानीय तहबाटै कार्यान्वयन हुन्छन् । प्रकृतिअनुसार विकास योजना स्थानीय तह हुँदै प्रदेश र केन्द्रसम्म माग भई आउँछन् । कतिपय योजना स्थानीय तह र प्रदेश आफैँले पनि अघि बढाइरहेका हुन्छन् । तर सानो रकमका आयोजनामा पनि केन्द्र सरकारबाट बजेट जाने प्रवृत्ति रोकिन सकेको छैन ।

    “रु पाँच लाखसम्मका साना योजनाका लागि पनि सङ्घबाट बजेट छुट्याइएको छ । सङ्घले साना आयोजनामा बजेट हाल्ने होइन । यो हाम्रो प्रणालीमा देखिएको समस्या हो”, उनले भनिन् ।

    चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि त्यसको पक्ष र विपक्षमा संसद् विभाजित भयो । अदालतको आदेशपछि यो कार्यक्रम अघि बढ्न सकेको छैन । तर नागरिकका विकास आकांक्षा पूर्ति गर्नका लागि समावेशी विकासको अवधारणा कार्यान्वयनका लागि यो आवश्यक रहेको सांसद न्यौपानेको बुझाइ छ ।

    “जनताले सांसदसँग अपेक्षा गरेका हुन्छन् । सांसदले पनि चुनावका बेला वचन दिएका हुन्छन् । घोषणापत्र मात्र हेरेर त भोट हाल्दैनन् । त्यो अपेक्षा पूरा गर्नका लागि पनि यो कार्यक्रम आवश्यक देखेर सरकारले ल्याएको हो”, उनले भनिन्, “सांसदले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न प्रदेशलाई गुहार्ने वा मन्त्रालयलमा धाउने भन्ने मूल प्रश्न हो ।”

    नागरिकका विकास आकांक्षा पूर्ति गर्नका लागि यो आवश्यक भए पनि दुरुपयोग हुन सक्नेबारे पनि सचेत रहनुपर्ने उनले बताइन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएपछि सांसदकै मनोबल घट्ने र हतोत्साही हुने गरी आएका प्रतिक्रियाको सामना गर्नुपरेको न्यौपानेको भनाइ छ ।

    “यो कार्यक्रमका योजनामा पनि बोलपत्र प्रक्रिया हुन्छ । लेखापरीक्षणलगायतका काम प्रणालीले नै गर्छ । जे कुरामा पनि आलोचना र नकारात्मकता बढी छ”, उनले भनिन्, “राम्रो कामको प्रचारप्रसार हुँदैन । सामाजिक सञ्जालमा नकारात्मकता मात्रै धेरै हावी भएको देखिन्छ । हामी सबै सच्चिन जरुरी छ ।”

    नेपाल महिला सङ्घको केन्द्रीय समिति उपाध्यक्ष हुँदै नेपाली कांग्रेसको केन्द्रीय समितिमा तीन पटक निर्वाचित भएकी न्यौपानेलाई पहिलो संविधानसभामा महिलामाथि हुने प्रहारको अहिले पनि सम्झना हुन्छ ।

    “संविधानसभामा महिलामाथि भएका टिप्पणी अहिले पनि मनमा बिझाउँछन् । कतिपय विद्वान् भनिएका र राम्रो शैक्षिक योग्यता भएका सांसदभन्दा गाउँघरमा घाँस काटेर, मेलापात गरेर आएका सांसदले संसदमा दर्बिलो उपस्थिति देखाउनुभएको छ”, उनले भनिन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको हूँ: रवि लामिछाने
    १२ घण्टा अघि

  • २

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    १ दिन अघि

  • ३

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    १ दिन अघि

  • ४

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    १ दिन अघि

  • ५

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    १ दिन अघि

  • ६

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    १ दिन अघि

  • ७

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    १ दिन अघि

  • ८

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    २ दिन अघि

  • ९

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    २ दिन अघि

  • १०

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    २

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा
    ३

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

    नेपाल नक्सा
    ४

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा
    ५

    एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की

    नेपाल नक्सा
    ६

    प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution