
काठमाडौँ, २७ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।स्वास्थ्य मन्त्रालयले एक सुचना प्रकाशित गर्दै कार्यालय समयमा पूरा बाउला भएको पोशाक लगाउन सम्पूर्ण कर्मचारीहरुलाई अनुरोध गरेको छ ।
“कार्यालय समयमा पूरा बाउला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा अनुरोध छ, सुचना भनिएको छ।”
स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशमा डेंगीको प्रकोप देखिएको छ। अहिलेसम्म ७५ जिल्लामा आठ हजार २३७ जनामा डेंगी पुष्टि भएको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार डेंगी रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय भनेको लामुखट्टेको टोकाइबाट जोगिनु हो ।प्रायः दिनको समयमा अझ बिहान र साँझको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेले टोक्दा डेंगी हुने गर्दछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे