
काठमाडौँ, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन ।अब पार्टी अध्यक्ष यादव उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बन्ने भएका छन ।
आजको बैठकमा वन तथा वातावरण नवलकिशोर शाहलाई पठाउने निर्णय भएको जसपाका एक नेताले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे