
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू मन्त्री हुँदा सुरु गरिएको स्वास्थ्य बीमा सुधारको काम अहिले रोकिएकोमा दुःख व्यक्त गरेका छन्। काठमाडौँ–५ मा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमा कहिल्यै बन्द हुनु नहुने बताएका छन्।
पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री भएको बेला स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न नियम र व्यवहार दुवैमा सुधारको काम अघि बढाएको बताए। आवश्यक कानुनी संशोधनको तयारीसमेत भइसकेको भए पनि सरकारबाट बाहिरिएपछि त्यो प्रक्रिया रोकिएको उनको भनाइ छ।
उनले स्वास्थ्य बीमा बन्द भएमा आम नागरिकले उपचार गर्नै नसक्ने गम्भीर अवस्था आउने चेतावनी दिए। त्यसैले बीमालाई बन्द गर्नु होइन, सुधार गरेर अझ राम्रो बनाउनु नै एकमात्र उपाय भएको बताए। पौडेलका अनुसार आफू नेतृत्वमा रहँदा गरिब तथा विपन्न नागरिकलाई तीन लाखदेखि साढे सात लाख रुपैयाँसम्म उपचार खर्च पाउने व्यवस्था बनाइएको थियो। सही रूपमा लागू गरेमा बीमाबाट वर्षमा एक खर्ब रुपैयाँसम्म आम्दानी हुन सक्ने उनले दाबी गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे