
काठमाडौँ– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष पेश गरिएको राजीनामा बोर्डमाथि बढ्दो आर्थिक दबाब र कार्यक्रमको संकटसँग सम्बन्धित छ।
स्वास्थ्य बीमाबाट दाबी भुक्तानीको दायित्व बढ्दै गए पनि सरकारले आवश्यक रकम उपलब्ध गराउन नसक्दा अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेका छन्। यस कारण डा. काफ्ले नैतिक संकटमा परेका थिए। स्वास्थ्य बीमा बोर्ड हाल आर्थिक संकटको अवस्थामा पुगेको छ भने ठूला सरकारी अस्पतालहरूले सूचना निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय गर्न थालेका छन्।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। देशभर लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम संकटमा परेसँगै प्रत्यक्ष मार सेवाग्राहीहरूले भोग्न थालेका छन्। समयमा भुक्तानी नहुँदा ठूला सरकारी अस्पतालहरूले क्रमशः बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे