
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले अब राजनीतिक पार्टी खोलेका छन्। उनले “राष्ट्रिय संस्कृति पार्टी” भन्ने नाममा नयाँ पार्टी दर्ता गराउनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनी आफैं आयोगमा गइकन पार्टी दर्ता गर्न निवेदन दिएका हुन्। अहिले निर्वाचन आयोगले उनले दिएको कागजात हेर्ने काम गरिरहेको छ। पार्टी कहिले दर्ता हुन्छ भन्ने कुरा कागजात ठीक भएपछिको प्रक्रिया अनुसार तय हुनेछ। आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन हुन गइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे