
काठमाडौँ , पुस ८ । हेटौँडा र तराईलाई जोड्ने १०७ वर्ष पुरानो चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएको छ। मर्मतको अभावमा पुरिएको सुरुङ मार्ग अब खुला गरिने भएको हो, जसको जिम्मेवारी बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। सुरुङ मार्गको जीर्णोद्धार पश्चात् अब यसलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्ने योजना बनाइएको छ।
चुरे पर्वतमा कटान गरेर निर्माण भएको यो सुरुङ मार्ग सन् १९७४ मा नेपालका पहिलो सुरुङ मार्गको रूपमा ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा बनाइएको थियो। तर, समयको साथ मर्मत र सम्भारको अभावमा यो मार्ग अवरुद्ध भएको थियो।
अब बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाले सुरुङ मार्गको सुरक्षा र सञ्चालनको जिम्मा लिएका छन्। यस मार्गको जीर्णोद्धारका लागि तीन करोड ६२ लाख ८२ हजार ४१५ रुपैयाँ खर्च भएको छ। हेटौँडा उपमहानगरपालिकाले सुरुङ प्रवेशका लागि पर्यटकसँग शुल्क लिने योजना बनाएको छ। हाल २२५ मिटर सुरुङ मात्र बाँकी रहेको छ, र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे