
एजेन्सी । अमेरिकाले पेश गरेको युद्धविराम प्रस्तावमा हमास आतंकवादी समूहले केही संशोधन मागेको छ। यसले युद्ध रोक्ने प्रक्रियामा अड्कल पारेको छ। अमेरिकाले गत साता गाजामा चलिरहेको युद्ध रोक्न प्रस्ताव राखेको थियो। तर हमासले यसमा केही परिवर्तन गर्नुपर्छ भनी माग गरेको छ। हमासका प्रवक्ताले भने, प्रस्तावमा हाम्रो मागहरू पूरा नभएसम्म हामी सहमत हुन सक्दैनौं। स्थायी युद्धविरामका लागि सबै इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्छ र निरन्तर मानवीय सहायता सुनिश्चित गर्नुपर्ने हमासको माग ररहेको छ ।यी मागहरू अमेरिकाले प्रस्तुत गरेको हालको युद्धविराम प्रस्तावमा समावेश छैनन् ।
इजरायलले भने हमासको यो प्रतिक्रियालाई अस्वीकार्य भनी लिँदै युद्ध जारी राख्ने चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले भने वार्ता जारी राख्न आग्रह गरेको छ।गाजामा ८ महिनादेखि चलिरहेको युद्धले ३७ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको छ। संयुक्त राष्ट्रसंघले तत्काल युद्धविराम गरी मानवीय सहयोग पुगाउन आग्रह गरेको छ।
विश्लेषकहरू भन्छन्, हमासले संशोधन मागेपछि यो प्रस्ताव कार्यान्वयन हुन केही समय लाग्न सक्छ। दुबै पक्षले आफ्नो स्थिति छाड्न नचाहँदा समाधान निकाल्न गाह्रो हुने देखिन्छ। यसैबीच, गाजामा मानिसहरूको दुःखद स्थिति जारी छ। भोक, रोग र डरले उनीहरूको जीवन नरक बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे