
काठमाडौँ । नेपाली चलचित्र ‘गुन्योचोलो : द ड्रेस’ आज शुक्रबार (भदौ १३) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। चलचित्रले नेपाली संस्कृतिमा गुन्योचोलोको सांस्कृतिक महत्व र महिलाको भावनात्मक यात्रा प्रस्तुत गर्छ।
चलचित्र घोषणा भएदेखि नै चर्चामा थियो, विशेषगरी नाजिर हुसेनले निभाएको पारलैङ्गिक महिलाको भूमिकाका कारण । फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन्।
फिल्मको सम्पादन, रंग संयोजन, ध्वनि मिक्सिङ, साउन्ड डिजाइन र पार्श्व संगीत विदेशमा तयार गरिएको हो। आलोक शुक्लाको छायांकन रहेको फिल्ममा लेखु सहयात्रीको गीत समावेश छन्।
चलचित्रले नारीको पहिचान, भूमिका र संघर्षलाई समेट्दै सामाजिक सन्देश दिन खोजेको छ। ट्रेलर सार्वजनिक भएदेखि नै दर्शकमा उत्सुकता देखिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे