
काठमाडौं, २५ जेठ।ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जर प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले यही जेठ २२ गते यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारका लागि सैद्धान्तिक सहमति (Letter of Intent – LOI) दिएको हो।
दुवै कम्पनीले गत फागुन महिनामा मर्जर प्रक्रियाका लागि प्रारम्भिक समझदारीपत्र (MoU)मा हस्ताक्षर गरेका थिए। प्रारम्भिक समझदारीपछि आवश्यक नियामकीय प्रक्रिया र आन्तरिक तयारीहरू अगाडि बढाइएका छन्।
अब राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएसँगै, दुई लघुवित्तबीच वित्तीय, व्यवस्थापकीय तथा प्राविधिक एकीकरणका विस्तृत प्रक्रिया अघि बढ्नेछ।
एकीकृत संस्थाबाट सुदृढ वित्तीय अवस्था र ग्रामीण स्तरमा वित्तीय पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
लघुवित्त क्षेत्रको सुदृढीकरण र प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि नेपाल राष्ट्र बैंकले हालैका वर्षहरूमा एकीकरण र मर्जर प्रक्रियालाई प्राथमिकता दिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे