
काठमाडौं। भारतीय राजधानी देहरादूनस्थित ग्राफिक विश्वविद्यालयले नेपाली विद्यार्थीहरूका लागि विशेष स्पट भर्ना कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम सेप्टेम्बर ५, २०२५ मा बिहान १०:०० बजेबाट समृद्धि शैक्षिक परामर्श केन्द्र, पुल्टलिसडक, काठमाडौँमा सम्पन्न गरिनेछ। विश्वविद्यालयका पीआर तथा आउटरीच प्रमुख साहिब सब्लोकले नेपाल भ्रमणको क्रममा ‘डेस्टिनेशन इन्डिया’ टिभी शोमै कार्यक्रम र विश्वविद्यालयको विशेषताहरूसम्बन्धी विस्तृत जानकारी दिएका छन्।
सब्लोकका अनुसार ग्राफिक विश्वविद्यालय NAAC A+ मान्यतासम्पन्न र ‘डिम्ड टु बी’ (Deemed to be University) संस्थान हो। विश्वविद्यालयले इन्जिनियरिङ (B.Tech), व्यवस्थापन (BBA/MBA), कम्प्युटर अनुप्रयोग (BCA), बायोटेक्नोलोजी, नर्सिङ, फार्मेसी, कानून, पत्रकारिता, कृषि, एनिमेशन तथा डिजाइन जस्ता विविध विषयमा पाठ्यक्रम संचालन गर्दछ। उनीहरूले विशेष रूपमा नेपाली विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक तथा होस्टेल शुल्कमा विशेष प्याकेज प्रस्ताव गरेका हुन्।
समृद्धि शैक्षिक परामर्श केन्द्रका प्रबन्धक निर्देशक रवि शंकर देवले सबै इच्छुक विद्यार्थी तथा अभिभावकलाई सो समयमा उपस्थित हुन आह्वान गरेका छन्। देवले भने, “स्पट भर्ना कार्यक्रममा विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श गरी पाठ्यक्रम, भर्ना प्रक्रिया र छात्रवृत्ति अवसरहरूको सम्बन्धमा प्रश्न सोध्न सक्छन् र एउै दिन भर्ना प्रक्रिया पूरा गर्न पाउनेछन्।”
विश्वविद्यालयले आफ्नो क्याम्पसमा एप्पल र इन्फोसिसद्वारा सञ्चालित iOS विकास केन्द्र र भारतकै पहिलो जेनएआई (GenAI) क्याम्पस रहेको दाबी गरेको छ। यस्ता प्रविधि तथा उच्च प्रदर्शन कम्प्युटिङ केन्द्रले विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता, ठूलो डाटा र क्लाउड कम्प्युटिङसम्बन्धी व्यावहारिक तालिम प्रदान गर्ने बताइएको छ।
प्लेसमेन्ट र उद्योग सम्बन्धी विवरणमा पनि विश्वविद्यालयले बलियो उपलब्धि प्रस्तुत गरेको छ। उक्त विश्वविद्यालयका विद्यार्थीहरू गूगल, माइक्रोसफ्ट, अमेजन, डेलोइट, विप्रो, टीसीएस, र भिसा जस्ता शीर्ष कम्पनीले रोजगारी दिएका छन्। २०२४ र २०२५ मा विश्वविद्यालयले १००० भन्दा बढी प्लेसमेन्ट प्रस्ताव प्राप्त गरेको र धेरै नेपाली विद्यार्थीले स्थान पाइसकेको जानकारी दिइएको छ।
विशेष गरी B.Tech, BBA, BCA, नर्सिङ, बायोटेक्नोलोजी र MBA कार्यक्रम नेपाली विद्यार्थीहरूबीच लोकप्रिय रहेका छन्। विश्वविद्यालयले सफा आवास, सुरक्षा र सांस्कृतिक समायोजनमा विशेष ध्यान दिएर नेपाली विद्यार्थीहरूको सहज प्रवास सुनिश्चित गर्न दाबी गरेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले समृद्धि शैक्षिक परामर्श केन्द्रमा सम्पर्क राख्न वा प्रत्यक्ष उपस्थित भएर भर्ना प्रक्रिया सुरु गर्न सक्नेछन्। विश्वविद्यालयले सहभागी विद्यार्थीहरूका लागि सीमित संख्यामा विशेष शुल्क र होस्टेल प्याकेज उपलब्ध गराएको छ—सएमाथिको थप जानकारी कार्यक्रम स्थलमा दिने गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे