
काठमाडौँ ।BIZZ Education ले २७ र २८ सेप्टेम्बरमा गत्ताघरस्थित सानिमा बैंक भवन र दिल्लीबजारस्थित कार्यालयमा ग्राण्ड यूके एड्मिसन डे सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा विद्यार्थीहरूले University of West of Scotland, University of Wolverhampton, University of Hull, Oxford International Education Group, University of Creative Arts, र Cardiff Metropolitan University लगायतका विश्वविद्यालयहरूको प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट्ने अवसर प्राप्त गरेका थिए।
उपस्थित विद्यार्थीहरूले एक-एक गरी परामर्श लिँदै छात्रवृत्ति विकल्पहरूको अन्वेषण, कागजात मूल्याङ्कन तथा भिसा परामर्शसमेत प्राप्त गरेका थिए। २० भन्दा बढी विश्वविद्यालयहरूको सहभागितासँगै, विद्यार्थीहरूले यूकेमा अध्ययन गर्न पाइने विभिन्न कार्यक्रम र अवसरहरूको बारेमा महत्त्वपूर्ण जानकारी हासिल गरेको आयोजकले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे