
काठमाडौँ, २३ माघ ।भिएस एजुकेशन फाउन्डेसन अन्तर्गतको भिएस निकेतन कलेजमा बिबिए अध्ययन सकेका बिध्यार्थीहरूलाई दीक्षित गराउने उद्देश्यले एक बृहत दीक्षान्त समारोह आयोजना गरिएको थियो।
कार्यक्रमको सभापतित्व ग्रहण गर्दै संस्थाकी अध्यक्ष उर्मिला पोख्रेल, फाउन्डर डाइरेक्टर डाक्टर बबीन पोख्रेल, प्रमुख अतिथिको रूपमा पूर्वाञ्चल बिश्वबिद्यालयका डिन दयाराज ढकाल, बिषेश अतिथिको रूपमा ब्याबसायी सुजन राज श्रेष्ठ, भिएस निकेतन कलेजका एकेडेमीक एड्भाइजर एसिस्टेन्ट प्रोफेसर डाक्टर ए के चौधरी, भिएस निकेतन कलेजका अङ्ग्रेजी फ्याकल्टी अमर प्रधान भिएस निकेतन कलेजका पुर्व बिध्यार्थी, स्विस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज नेपालका सिइओ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरी लगायत कलेज परीवारको बाक्लो उपस्थित रहेको थीयो।
औपचारिक कार्यक्रमको सुरूवात सँगै परम्परागत बाजा गाजा सहित भिएस निकेतन कलेज र पोखरा युनिभर्सिटीको ब्यानर सहितको टोली समारोहमा प्रवेश गरीयो। उक्त समारोहमा उपस्थित सम्पूर्ण अतिथि स्वागत गर्दै भिएस निकेतन कलेजका अङ्ग्रेजी फ्याकल्टी अमर प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नु भयो।
पूर्वाञ्चल बिश्वबिद्यालयका डिन दयाराज ढकालले बिबिए अध्ययन सकेका बिध्यार्थीहरूलाई ग्रयाजुएसन अवार्ड प्रदान गर्दै भिएस निकेतन कलेजको नाम उच्च राख्ने गरी भविष्य निर्माणमा लाग्न उत्प्रेरणा प्रदान गर्नु भएको थीयो।
साथै बिध्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गर्दै केपीएल नेपालका मेनेजीङ पार्नर सुजन राज श्रेष्ठ आफ्नो मन्तव्य व्यक्त गर्नु भयो। समारोहमा बिबिए आठौ सेमेष्टरमा उत्कृष्टता हासिल गर्ने बिध्यार्थीहरूलाई उत्कृष्टता पुरस्कार र प्रमाणपत्र सहित संस्थाका फाउन्डर डाइरेक्टर डाक्टर बबीन पोख्रेलले शुभकामना मन्तव्य ब्यक्त गर्नु भयो।
बिषेशत एकाइसौ सताब्दीमा ज्ञान, शिप र दक्षताले भरीपुण ब्यक्तीत्वको ब्याबसायीक जगतमा खोजी हुने हुँदा भिएस निकेतन कलेजले बिध्यार्थीहरूलाई ग्लोबल सिटीजन बन्न सक्ने सफ्टस्कील समेत प्रदान गरेको बिषयमा प्रकाश पार्दै कलेजका एकेडेमीक एड्भाइजर एसिस्टेन्ट प्रोफेसर डाक्टर ए के चौधरीले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भयो।
समारोहको अन्तमा पुर्व बिध्यार्थी, स्विस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज नेपालका सिइओ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरीले फ्युचर प्रोफेशनलहरू लाई उत्प्रेरणात्मक शुभकामना सन्देश ब्यक्त गर्नु भयो। समारोहलाई उत्साहजनक र मनोरञ्जनात्मक बनाउन बिध्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे