
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा बैशाख १४ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो।
फागुन २१ गते हुने निर्वाचनका कारण चैतको पहिलो साता गर्ने तयारी गरिएको एसईई परीक्षा करिब दुई साता पछि सारिएको बोर्डले जनाएको छ। निर्वाचनका कारण परीक्षा व्यवस्थापनमा असहजता हुने देखिएपछि मिति परिवर्तन गरिएको हो।
बोर्डले परीक्षाको तयारी समयमै पूरा गर्न विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे