
काठमाडौं , माघ ११ ।ग्रेस इन्टरनेसनलले राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफनो ‘ब्रान्ड एम्बेसडर’ को रुपमा समझौता गरेको छ । क्रिकेटर ऐरी र ग्रेस इन्टरनेसलनबीच जनवरी २५ तारिकका दिन सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षका लागि भएको सम्झौता अनुसार क्रिकेटर ऐरीले ग्रेस इन्टरनेसनलको प्रवर्धनमा सहयोग गर्नेछन् ।
पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता र समाजीक उतरदायीत्व अन्तरगत अलराउन्डर दीपेन्द्रसिंह ऐरी संग सहकार्य गरिएको ग्रेस इन्टरनेसनलले जानकारी दिएको छ ।
त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ‘ब्रान्ड एम्बेसडर नियुक्तिले अन्य खेलाडि तथा युवाहरुमा पनि प्रेरणा मिल्ने र नेपाली खेलकुदको विकासमा टेवा पुग्ने संस्थाका सिइओ एन्ड्रीयु पौडेलले जानकारी गराउनु भयो ।
सिनियर टिममा ‘डेब्यू’ गरेका दीपेन्द्रको नाममा टी–ट्वेन्टी आईमा सर्वाधिक छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान छ । उनले सन् २०२३ मा चीनको हाङचोउमा भएको एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध ९ बलमा ५२ रन बनाएका थिए ।
ग्रेस इन्टरनेसनल संगको सहकार्यमा आफु खुसि भएको प्रतिक्रिया दिदै अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्य संघ संस्थाहरुलाई पनि खेलकुद र खेलिडीहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा इक्याका अध्यक्ष सेषराज भटराई, शैक्षिक संस्थाका प्रतिनिधि तथा संञ्चारकमिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
गे्रेस इन्टरनेसनलले विगत लामो समय देखि गुणस्तरीय शैक्षिक परामर्शका साथै विभिन्न तयारी कक्षाहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे