काठमाडौँ, ७ माघ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।
शनिबार बैंकको सञ्चालक समितिले सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।
अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। केही समयअघि बैंकले विज्ञापन प्रकाशित गर्दै सिईओ पदमा आवेदन माग गरेको थियो ।
गुरुङसँग बैंकिङ क्षेत्रको लामो अनुव रहेको छ । उनले सिभिल बैंकको सिईओ भएर काम गरीसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे