
काठमाडौँ , १० वैशाख | सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । उनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए।
सरकारले हालका अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ। पेमेन्ट गेटवे अनियमितता प्रकरणमा परेपछि उनी निलम्बनमा परेका थिए। तर विशेष अदालतले उनलाई सफाइ दिएपछि निलम्बन फुकुवा भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे