
काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सीताको अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे