
काठमाडौँ, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा बारा पुगेका छन्।
अवलोकनका लागी प्रधानमन्त्री देउवा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा९एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी सहभागी छन्।
टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णयमा सर्वोच्च अदालतको पछिल्लो आदेशले रोक लगाएको भनेर सार्वजनिक भए पनि पछि आदेशको पूर्णपाठमा विमानस्थल निर्माण गर्दा कम क्षतीमा वातावरणलाई पनि ध्यानमा राखेर बनाउन बाटो खोलेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे