
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न देशमा रहेका ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यस निर्णयअनुसार उनीहरूलाई एक महिनाभित्र नेपाल फर्किन भनिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो र सोमबार नै सम्बन्धित राजदूतहरूलाई लिखित रूपमा जानकारी गराइएको छ।
यसअघि सत्तारूढ दलका नेता रवि लामिछानेले ती राजदूतहरूलाई राजीनामा दिन सार्वजनिक रूपमा आग्रह गरेका थिए। तर उनीहरूले राजीनामा नदिएपछि सरकारले नै फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा राजदूतहरूमा डा। शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधर (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका)रहेका छन्।सरकारको यो कदमलाई राजनीतिक नियुक्ति परिवर्तन गर्ने प्रयासका रूपमा हेरिएको छ। अब ती देशहरूमा नयाँ राजदूत नियुक्त हुने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे